भानुभक्त बहुमुखी क्याम्पस बेलचौतारा तनहुँको प्रथम बर्षमा अध्यनरत साथीहरू बिच नयाँ बर्षमा भुजिकोट ट्रेकिङको बारेमा बहस भयो । आखिर जाने नै भइयो पर्यटकिय नगर भुजिकोटमा । २०५२ साल बैशाख १ गते अर्थात नयाँ बर्ष, मनमा एक किसिमको छुट्टै आभास भैरहेको थियो । पूर्व लाली चढ्दै आइरहेको थियो भने मेरो मनमा उत्तेजना बढ्दै । सवा सात भइसकेको थियो । हितैसी मित्र पल्लबले फोन हानेपछि झस्किएँ । ओहो ! म त करिब आठ बजे दुलेगौंडा बजार पुन्नु थियो साथीहरूलाई भेट्न अनि आफ्नो यात्राको शुभारम्ब गर्न । निकै हतार गरेर कपडा लगाएँ, पेट पुजा गरें अनि ठाँटिएर निस्किएँ । मैले आफूलाई आज पनि एक नेपाली हुँ भनेर सावित गरेँ कारण म आज पनि समयमा चल्न असफल भएँ ।

पाँच मिनेटमै खैरेनिटार चोकमा पुगें । आँखा थाक्यो हेर्दा हेर्दै मन आत्तियो कुर्दा कुर्दै तर बसको नाम निसाना देखिएन । घडिको सुई एक, दुई, तीन गर्दै सेकेन्ड अनि सेकेन्ड पछि मिनेट गरेर पाँच पछि दस मिनेट पार गर्दै गयो तर बस आएन । आँखा निकै पर सडकको बिचबिच कुदाएँ, एकचोटि पापी ओठले भगवानको पुकारा गरें आखिर युगौं लगाएर भएपनि बस आइपुग्यो । मैले हात हल्लाएँ बस रोक्यो । बस भित्र झक्कास केटाहरू र बुलेट केटीहरु देखि लिएर च्याउरिएका बुढाबुढी र बच्चाहरु पनि थिए ।

सबै मान्छेहरुको आ-आफ्नो साथीहरुसँग आफ्नै प्रसंगको कुराहरू चलिरहेका थिए । कोही राजनिती, कोही समाजसेवा, कोही आफ्ना विगत त कोही आफ्नो गल्फ्रेण्ड ब्वाईफ्रेण्डको । कालो र धुलाम्यै भएको खोल हालिएको सिटको माथी पट्टी रातो पेन्टिङले लेखिएको थियो 2×2 महिला सिट, 2×2 अपाङ्ग सिट । तर जहाँ भरिएको थियो धनि र उद्योगपति जस्ता देखिने भलाद्मी मान्छेहरूले । दायाँपट्टी लेखिएको थियो “धुम्रपान निषेध” । अनेक देखिन्थे मान्छेको स्वार्थी चरित्र । थरथरी काँपेर बसमा स्थिर भएर उभिन नसक्ने बुढो बाजेलाई सिटमा बस्न नदिएर उभ्याएका थिए आखिर म त्यस समाजसेवाको कुरा गर्ने ढोंगी मान्छेलाई कसरी समाजसेवीको दर्जा दिउँ ? मति भ्रष्ट भएका युवतीहरु आधुनिकताको भूत जवानीमाथि चढेपछि यहाँ मेरो बाबा-हजुरबाबा, दाजुभाइहरु पनि छन भन्ने कुरा सबको सबको भुलेका थिए । वास्तबमा यिनीहरु नै हुन् बलत्कारलाई उर्जा प्रदान गर्नेहरु । आफ्नो सम्वेदनशिल अंग प्रत्यङ्गहरु प्रदर्शन गरेर छाडा पहिरनमा सार्बजनिक स्थलमा भद्रगोल मच्चाएर केटाहरुलाई उत्तेजित बनाउँदै हिँडेपछि बलत्कार नभएर पुजा हुन्थ्यो र ? मेरो दिदी-बहिनी, मेरो चेलीबेटी भनेर खुट्टा समाएर ढोग गर्दै हिँड्छन र ? गल्ति यिनीहरु गर्छ अनि सजाय विचरा गरिब, दुःखी, असाहय र दुधे बालिकाहरुले पाउँछन् । खित्किँदै छेल्लिँदै कुरा गरिरहेका थिए ती सहरिया नक्खरमाउलीहरु ! हो, मलाई साँच्चै शहर मन पर्दैन कारण मान्छे बस्दैनन् यहाँ, दया, माया, चरित्र सब हराउँछन् यहाँ । ट्रक, बस, मोटरसाइकल, जिप, कार लगायतक सबै सवारी आवत जावत गरिरहेका थिए कानको जाली ज्यातुलाझै हरन बजाउँदै । मधेसीहरु आयो नरिवल, काँक्रा, अंगुर, केरा, स्याउ… भन्दै कराइरहेका थिए । खैर, झुटा रैछन बुढापाकाका युक्तिहरु बोले पिठो पनि बिक्छ नत्र त तिनीहरू यति मिठा फलफूलहरु शरिरमा भएभरको दम पुर्‍याउँदै कराउँदा आखिर किन बिकेन त तिनका सामानहरु ? मनमा यस्तै असन्तोषी कुराहरू खेलाउँदै थिएँ । बसको ढोकाबाट लठ्ठी टेक्दै ७०/८० बर्षको बूढो बाजे थरथरी काँपेर भित्र प्रवेश गर्‍यो । खँलासीले पुकार खाएर पिच्च पिच्च थुक्दै पछाडि गएर बस बुढा भन्यो । मैले पछाडि फर्किएर हेरें । सिट त परैको कुरा खुट्टा घुसाउने ठाउँसम्म थिएनँ । मैले खँलासिलाई बोलाउँदै भनें – “ओ दाइ ! बूढो बाजेलाई एउटा सिट मिलाइदिनुस् न ।” खँलासीले सटिक उत्तर दियो “छैन” । मैले भनें – “मिलाउनु न त ! बिचरा बाजे यस्तो झ्याकिने बसभित्र कसरी उभिन्छ त ?” खलासी झोक्किँदै बोल्यो – “नभएपछि के गर्ने त तेरै सिट दे न त…” मलाई पारा तातेर आएको थियो तर आफूलाई सम्हालें । जुरुक्क उठेर बाजेलाई आफ्नो सिटमा बसालें । बाजेले मेरो नाम र ठेगाना सोध्यो मैले सहि सहि बताएँ अनि मैले पनि त्यहीँ प्रश्न बाजेलाई उल्ट्याएँ । बाजेले पनि मलाई आफ्नै सम्झिएर सबै कुरा साँचो बोल्यो । खलासी भाडा उठाउँदै आयो । मैलौ पाँच रुपैयाँ र विद्यार्थी परिचय पत्र उसको हातमा थम्याइदिएँ । उसले कार्ड यताउता पल्ट्याउँदै हेरेर मलाई फिर्ता गर्‍यो अनि बाजेसँग भाडा माग्यो । बाजेले आफ्नो झुत्रो परेको आसकोटबाट पाँच पाँचको नोट झिक्दै गनेर यतिनै हो बाबू जहाँसम्म पुग्छ त्यहिँ झारिदेउ बाँकि हिडेर जान्छु भन्यो । खलासी जङ्गिँदै बोल्यो – “खै लेउ बुढा, पैसा नभएपछि गाडी नचढ्नुनी ।”  म यसपालि चुप लागेर बस्न सकिन । क्रोधले सिमा नाघ्यो । लागेथ्यो गएर साला जगल्टेलाई थप्पड हानिदिउँ तर त्यसो गर्न सकिन मैले तर मुख छोडिहालें । ओए खले ! तेरो अनुहार जस्तै ब्यवहार नगर त । साला जाबो दस रुप्या नपुग्दा पनि त्यत्रो हंगमा ? खै बाजेको पैसा ले, म दिन्छु भाडा भनेर मैले बाजेको पैसा मागें ।  उसले पाँच पाचँ परेको पन्ध्र रुपैयाँ पैसा मेरो हातमा राखिदियो । मैले पाँच सयको नोट झिकेर उसको हातमा राखिदिएँ । उसले फिर्ता गर्नै पैसा पाएन । मलाई उसलाई झ्याक्ने सुनौलो अवसर आयो । मैले निकै थर्काउँदै पैसा फिर्ता मागें । उ मसँग झोक्किँदै झगडा गर्न तम्सियो । बसमा भएको सबै मेरो पक्षमा बोल्न लागेपछि उसको केही लागेन चुप बस्न बाध्य भयो । बाजे मलाई ट्वाल्ल हेरिरहेका थिए । म पनि बाजेलाई हेर्दै मुस्कुराएपछि बाजे पनि थोते दाँत देखाउँदै खिस्स हाँस्यो । दुलेगौंडा बजार आइपुग्यो । म अलिक तल प्रतिक्षालयमा झर्नु थियो । खलाँसीले मलाई माथी नै झर्न लगायो । मैले झगडा गर्दै ढोकामा आएर अलि तल झर्छु म, तैले पाँच रुपैया भाडा छोड्न नसक्ने मैले पच्चीस मिटरको बाटो किन छोड्ने भनें । उसले जे सुकै गर बस रोकिन्न क्यारे भन्दै भाडा उठाउन गयो । म ढोलामा उभिएँ । ओर्लिने ठाउँ आयो तर बस रोकिएन । मैले बसको अलमुनियको ढोकामा कस्सिएर मुर्किले बजाएँ । बस अलि बिस्तारै हिँड्न थाल्यो र बाजेसँग बिदा भएर बसबाट फुत्त उफ्रएँ । बस नरोकेकाले म पर हुत्तिएँ तर धन्य भगवान ! टाउको टेक्न पुगिनँ । बस म झरेपछि अलिक तल गएर रोक्कियो यात्रु हाल्न हाल्न । मलाई त्यहिँ गएर खलासीसँग कुस्ती खेल्न मन लागेको थियो आफू निर्धो भएपनि तर जब मैले साथीहरू देखें आफूलाई सम्हालें ।

प्रतिक्षालयमा चार जना साथीहरु जम्मा भएका थिए – ममता, उमा, पल्लब अनि सानो सानी । ममताले मलाई कराउँदै थिई बस राम्रोसँग नरोक्किईकन झर्‍यो भनेर तर कहानी अर्कै थियो मेरो बनावटी जस्तो । एकै सासमा सबै घटनाको बेलिबिस्तार लगाउन मन थियो तर लामो सास लिएर थ्याच्च प्रतिक्षालयको सिँडीमा बसेपछि सबै कुरा भन्नू युक्तिसंगत लागेन अनि आफ्नै मनभित्र गुम्साएर राखें । साथीहरूलाई फोन गरे पल्लबले कसैले बाटोमा आउँदैछौं भने, कसैले जाँदै गर भने । हामी पाँच जना भएर सडक काटेर पारि पट्टि चौरारामा बस्यौं । एउटी दिदी काँक्राको पसारको पछाडी मुहारभरी आलस्यपन बोलेर बसिराख्नु भएको थियो । मैले त्यो आइमाईलाई देखेपछि गाउँमा बस्ने सदैव अस्थिर आमालाई सम्झिएँ । पारि पट्टि एउटा बाजे डोको बेच्ने पसलमा बस्नुभएको थियो त्यो देखेर मैले गाउँमा यस्तै डोको, नाम्लो, नाङ्लो, चाङ्लो बुनेर बस्ने बूढो बाबालाई झट्ट सम्झिएँ । पाँच दस मिनेटपछि हाम्रो साथीहरु थप्पिए – सरिता, सञ्जु, बिपना अनि सानो भाई ।

उकाली बाटो चढ्दै

मलाई मन खल्लो लाग्यो सँगै यात्रा गरेर नयाँ बर्ष मनाउने भनेर बाचा गरेको साथीहरू कति चाँडै आफ्नो रंग बदलेको – छेपारेहरु मनममनै गाली गर्दै बाजेको डोको पसलबाट उकाली लाग्यौं । हामी जम्मा नौ जना थियौं साथीहरु ! दस पन्ध्र मिनेट उकाली चढेपछि हाम्रो अर्को साथी – सबिना थपियो । जम्मा दस जना भयौ हामी अझ अरु पनि आउँदै थिए पछाडि तर पर्खिएर धैर्य गर्दागर्दै धैर्यताको बाँध टुटेपछि हामी बिस्तारै आफ्नो पाइलाहरु अगाडी बढाउन थाल्यौं । कति चिटिक्क देखिएका थिए सबैजना । सबैको नजिक पर्नसाथ क्रिम, पर्फ्युमको बास्नाले नाक लोभ्याइरहेका थिए त सुन्दरताले मन पापी बनाएको थियो भने लाली पाउडरले आँखा लोभी बनाएका थिए । कुनै कुराको कमी पटक्कै थिएन । गित गाउन – ममता, म, सबिना, सरिता, उमा लगायतका थिए । ठट्टा गर्न, जोक्स भन्न र हँसाउन पल्लब एक्लै काफी थियो । गोडाले उकाली लागेको चाल पाइरहेको थियो । जति उकालो लाग्दै गयो उति छोडिँदै गयो सञ्जु । जीवनमा आज पहिलो पटक आफू मरनच्याँसे भएकोमा गर्व गर्न लागें मैले उकाली चढ्दा ।

बाटोमा थकाई मार्दै


पल्लब बेलाबेला लाजले भुतुक्कै हुने र हाँसोले फतक्कै बनाउने कुरा गर्थ्यो । गाउँको मान्छेहरु कसैले नचिनेपनि टोल टोलको कुकुरहरूले भुकेर हाम्रो स्वागत गरिरहेको थियो । बादल लागेको थियो । यसले गर्दा उकालो चढ्न सजिलो भएको थियो । तर मेरो मनमा डर बढ्न थालिसकेको थियो कारण बादल लागिनै रहे हामीले प्रकृतिको सुन्दरता हेरेर लठ्ठिन पाउँदैनथ्यौं । अगाडि हिँड्नेहरु खरायोको गतिमा हिँड्दै ठाउँठाउँमा फोटो खिच्दै थ्याच्च थ्याच्च बस्थ्यो भने पछाडी हिँड्नेहरु खुई खुई गर्दै, शरिरको बोसो घट्ने पिर मान्दै ।

बस बिहान बेलुका एक एक टाइममा मात्र हिँड्दो रहेछ त्यसैले हामीले पैदल यात्रा गरिरहेको थियौं । यो कुरा यात्राकै क्रममा स्थानिय बासिन्दाबाट चाल पाइयो । म बेलाबेलामा पछाडि फर्किएर सञ्जुलाई हेर्थे स्याँ स्याँ गर्दै हामीलाई भेट्ने झिनो आशमा आफ्नो साहस बटुल्दै हिँडिरहेको थियो । लगातार उकालो चढ्ने क्रममा कयौं मान्छेहरूलाई सोंधे सबैले दुई/तीन घण्टा अबस्य लाग्ने कुरा बताए । बाटोहरुमा निकै घुम्तिहरु थिए । सिङ्गो घर जत्रै ढुङ्गाहरु, पुई पुँइती उडिरहेको धुलोहरु निकै रहस्यमय लागिरहेको थियो मलाई । उकाली काट्न सजिलो होस् भनेर ममताले अन्ताक्षिरी खेल्ने प्रस्ताव ल्यायो । मैले नसुनेझैं गरेर पछाडी परिरहें कारण म प्रकृतिक सुन्दता हेरेर लठ्ठ परिरहेको थिएँ । तर पछि पछुताएँ मेरो त्यो वेवास्थाले उसको मन कति अमिलिए होला पछाडि बसेर मनमनै भनें सरी ममता ! बाटोमा ठाउँ ठाउँमा निकै धेरै घरहरु थिए । ठाउँ ठाउँमा भैसिको गोठ पनि देखिन्थ्यो । पल्लबले बाटोमा रहेको भैंसिलाई – हाई भैंसि भनेपछि हाँसोको पारा छुट्यो । म पनि नहाँसी बस्न सकिन पेट मिचिमिची हाँसें ।

जंगलको बाटो उकाली चढ्दै

लगातार दुई तीन घण्टाको उकाली लागेपछि बल्ल भुजिकोटको टावर (भ्यू पोइन्ट) देखियो । सबको हातको चोर औंला र आँखा उतैतिर गयो । सबैको मन चङ्गा बनेर उड्दै गएर त्यो भ्यु पोइन्टमा बसिसकेको थियो तर तन भने वेंसीमै थियो । कसैले एकछिन बसौं भन्दै थियो तर सबलाई माथी पुन्न आत्तुर थियो । आखिर तैछाड मैछाड गरेर उकालो चढ्न लाग्यौं । मोटरको बाटो घुमिरहे एक डेढ घण्टा लाग्थ्यो त्यसैले हामी बनको बाटो ढुङ्गा ढुङ्गा समातेर हिमाल चढेझै चढ्न लाग्यौं । बनको बिचमा सबैले आ-आफ्नो मोबाइल झिकेर फोटो खिच्न लागे म पनि के कम एक कपि आफ्नो पनि लिएँ । दस पन्ध्र मिनेट पछाडिका साथीहरूलाई पर्खियौं तर हालखबर केही नआएपछि फेरि यात्रा सुरु गर्न लाग्यौं । बेलाबेला ममताले गाउने गित र पल्लबको फन्नि कुराले यात्रा अझ बढि रोमाञ्चित बन्दै थियो । बाटोमा धेरै मान्छेहरु भेटिए । बच्चादेखी बुढापाका सम्मको बर्चस्व कायम आन्तरिक पर्यटकले त्यस भेकमा पर्यटनको सम्भावना अती उच्च रहेको अड्कल गरें । वैशाखको पहिलो दिन, बादलको घुम्टो ओडेर हामीलाई नियालिरहेको घाम, जताततै सेतै फुलिरहेको सालको फूल, सेता सेता विशाल चट्टानहरु अनि हेर्दै मन लोभ्याउने गाउँहरू अनि मन्दिर वरपर हातमा राताराता लालिगुँरासको फुलहरु लिएर उभिएका सुन्दरी युवतीहरू । वरपर लालिगुँरासको बोट बिना फुल झुलिरहेको थियो नितान्त मेरो जीवनजस्तै । सायद, फुल फुलेकै थियो अनि सुकेर झर्‍यो होला अथवा कसैले टिपिदिएको होला तैपनि कति सुखि थिए ती लालिगुँरासको बोटहरु । मैले जीवन जिउँने प्रेरणा पाएँ तिनै लालिगुँरासको फूलबिनाको अर्थहिन बोटबाट । प्रकृति भनेको के हो यहाँ आएर बुझें अनि देखें पनि तर कसरी देखाउँ दुनियाँको सामु म खुसी छु भनि ? मोबाइल झिकें अनि नोट प्याट खोलेर एउटा गीति गजल लेखें :

नयाँ बर्ष संधै आइरहन्छ अनि फेरि गईरहन्छ पनि, 

तैपनि सोंच्दैछु यो सालको अलि भिन्न होलाकी भनि, 

मृत आत्मा सरह मेरो जीवन अनि कुरुप मुहार भएपनि, 

म रुँदा नरोउ तिम्रो लागि म छु भनेर साथ दिएर रुनी,  

को होला मेरो आसै आसमा बित्ने भयो सिङ्गो जवानी ।

तिमी कामना गर्छौ मलाई खुसी होउ र प्रगति गर भनि, 

तर हुने के हो कसलाई के थाह छ र ?  

आगोको मुस्लो, हावाको बेग र पानीको तरंगलाई आखिर कसले रोक्न सकिन्छ र ?  

 हिजो के भयो, आज के छ, भोली के नै हुन्छ भने पनि,

 मेरो जीवन किन झिनो आशमा अल्झिने गर्छ ?  

पाइला उनको अघि तर धड्कन उनकै पछि हुन्छ तर पनि,

किन मलाई उनले जानिजानि चोट दिने गर्छ ?

कयौं अतीत भुल्न खोजें, सुकेको डालीमा फूल्न खोजे तर पनि,  

सधै त्यो कालो दिन मेरै जीवनमा किन आउने गर्छ ?

विगतका दिनहरु देखिनै नयाँ बर्ष हर्ष न बिस्मात भएपनि,

मनले किन हाँसो र खुसीको चाहना गर्छ ?

कामना साटासाट गर्दै एकैछिन खिलखिलाएर हाँसिदिँदा पनी,  

पापी मन ढलपल ढलपल गर्दै किन माथि आकाशमा उड्ने गर्छ ?

लेख्दै थिए, पछि छोडिएका साथीहरु बल्ल आइपुग्यो मैले लेख्न छोडेर उनिहरुको नजिक पुगें – देवी, शिव, सन्तोष र दुई क्लामेट तर नामसँग अपरिचित साथीहरू थिए । मैले आफ्नो साथीहरु खोजें सबैजना फोटो खिच्दै, खित्किँदै छेल्लिँदै तल वेसीमा रहेको दोकानमा पुगिसकेको थियो मलाई एक्लै छोडेर । मलाई यो “साथी” भन्ने शब्दमाथी ब्यङ्ग्य गर्न मन लाग्यो । “साथी” नाम कति मीठो आहा सुनिरहुँ जस्तो साथ, अनि सहयात्रा । तर खैर, जीवनमा धेरै साथी बनाएँ अनि चिनेपनि त्यो साथ क्षणिक रहेछ, देखावटी मात्र रहेछ । आफ्नो इच्छा, चाहना, आवश्यकता भन्दा ठूलो साथी हैन । त्यसैले त भोक अगाडी आएपछि मलाई एक्लै छोडेर गए । तर दोष तिनीहरूको हैन केवल मेरो मात्र थियो । मलाई मेरो भूल स्विकार्य छ, म पनि त प्रकृतिको न्यानो काखमा ती सबै साथीहरूलाई भुलेर एक्लै रमाएको थिए वास्तविकता भन्दा धेरै माथी उठेर । उनीहरूले मलाई छोडेर मेरो केहीँ गएको थिएन अनि फेरि म पछाडी छोडिएपनि तिनीहरूको केही छोडिएको थिएन – इच्छा, आकाङ्क्षा केहीपनि, केवल एक पलको सहयात्री शिवाय !

तिन सेकेन्ड, तीन मिनेट र पूरा तीन घण्टा काटेर हामी भुजिकोटमा पुग्यौं । शान्त वातावरण, स्वच्छ हावा, मनमोहक प्रकृति आहा ! मैले यसपालिको नयाँबर्ष साँच्चिकै अविस्मरणिय रहने कुराना विस्वस्थ भएँ । सबैजना तीन तला माथी रहेको भ्यू पोइन्टमा चढेर वरपर नियालिरहेका थिए । एका पट्टि गाउँ, अर्कापट्टि स्कुल चारैतिर वनले घेरिएको ठाउँ । आहा एकचोटि आफ्नो गाउँ सम्झिएँ । सबैजना मिलेर एउटा ग्रुपको फोटो खिच्यौ र आ-आफ्नै किसिमले धरै फोटोहरु खिच्यौं ।

बागेश्वरी मन्दिर




भ्यु पोइन्बाट तल उत्रिएँ । बागेश्वरी मन्दिर थियो गगनचुम्वी महलको ठिक अगाडी । म मन्दिरको संघारमै पुगेर प्राथना गर्दै एउटा वर मागें वागेश्वरी मातासँग – “माता ! जीवनमा मैले कयौं देवीदेवतासँग कयौं वर मागें तर मलाई कहिल्यै पनि सन्तुष्टि महसुस भएन । यदि तिमी साँच्चै महान छौ भने म भित्रको महत्वाकांक्षी भावना र लोभलाई सँधैको निम्ति नाश गरिदेउ !” मैले आँखा खोले एकचोटि नमस्कार गरेर ढोग गरेपछि बाहिर गेटबाट वागेश्वरी मन्दिरको एक कपि फोटो लिएँ । डायरी लिएर हिँड्ने बानी डिजिटल युगसँगै परिवर्तन भएको थियो मेरो । मोबाइल नै एउटा डायरी थियो मेरो बिना पाना, बिना कलम र बिना मसिको डिजिटल युगको इलेक्ट्रोनिक डायरी । मैले अझ केही लेख्न खोजे तर मलाई सधैं साथमै लिएर हिड्ने मोबाइलले पनि साथ दिएन । मेरो भावनालाई कुल्चिएर गुड बाई भनेर बन्द भैदियो । अन्तिममा पछि आएका साथीहरूसँग सुरुका साथीहरूलाई पछ्याउँदै गएँ ।




जीन्दगीमा कयौं यात्रा गरें । उकाली ओराली भञ्ज्याङ चौतारी कयौं नागवेली घुम्तीहरु पार गरेर आएँ । कयौं पलहरु जीन्दगीको रंगमञ्चसँगै हराएर गए, कयौं पलहरु जीवन जिउने आधार बने । खैर, तीनै उदासी जीवनको एउटा रोमाञ्चपूर्ण यात्रा बन्यो भुजिकोटको यात्रा । तनहुँको शुक्लागण्डकीमा नगरपालिका अवस्थित भुजिकोट साँच्चै सोंचेभन्दा कयौं गुणा राम्रो रहेछ । नेपाल सरकार र स्थानीय बसिन्दाको संयुक्त पहलमा अझ उक्त क्षेत्रको प्राकृतिक सम्पदाको उचित सम्भार गर्न सके पर्यटकीय क्षेत्रको प्रमुख केन्दबिन्दु बन्ने छ भुजिकोट !!!



भ्यू पोइन्टमा खिचेको मेरो फोटो


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here