रानी बनको एउटा रुखमा एक जोडी ढुकुर बस्थ्यो । तिनीहरु दुबै एक अर्कालाई निकै प्रेम गर्थ्यो । एकदिन भाले ढुकुरले पोथीलाई भन्यो – तिमी मलाई एक्लै छोडेर कुनै दिन उडेर कतै जान त जान्नौ ? पोथी ढुकुरले भाव विभोर हुँदै भन्यो – म कतै जान खोजें भने तिमी मलाई समाउनु नि है । भाले ढुकुरले थप्दै भन्यो – त्यसरी मैले तिमीलाई समाउन त सकूँला तर तिमीलाई पाउन सक्ने छैन । 

उसको कुरा सुनेर पोथी ढुकुरको आँखामा आँशु आयो । उसले आफ्ना दुबै पँखेटा काटिदिई अनि भनी – ल अब म तिमीलाई छोडेर कहिल्यै कहीं जाने छैन । त्यसपछि भाले ढुकुरले आहारा ल्याउँदै पोथीलाई खुवाउन लाग्यो ।

यसरी नै हलपर समयहरु प्रेमिल बनेर बित्दै गयो । एकदिन त्यहाँ एकदम ठुलो हावा हुरी आउला जस्तो भयो । भाले ढुकुर हड्बडाउँदै सुरक्षित ठाउँतिर उड्न खोज्यो तर पोथीलाइ देखेर केहि बोल्न सकेन । त्यो देखेर पोथी ढुकुरले भनी – तिमी जाउ, म उड्न सक्दिनँ । भाले ढुकुर एकछिन पनि नअल्मलिएर ‘तिमी आफ्नो ख्याल राख्नु’ भन्दै सुरक्षित ठाउँतिर उड्यो । 

हावा बेतोडले चल्न लाग्यो । हावा हुरी साम्य भएपछि भाले ढुकुर फर्केर आयो । तर उसले गुँडमा पोथीलाई देखेनँ । चारैतिर नजर कुदाउँदा उसले भुईँमा पोथी मरिसकेको देख्यो । उसले बिलौना गर्न थाल्यो । एकछिन पछि भाले गुँडमा गयो । उसको आँखाले नजिकैको रुखको हाँगामा केही लेखेको कुरा देख्यो । ऊ उडेर अलि नजिक गएर त्यो लेखेको कुरा पढ्न लाग्यो । त्यहाँ यस्तो लेखिएको थियो – “तिमीले एकैपटक भए पनि म तिमीलाई छोडेर जान सक्दिनँ भनेर भनी दिएको भए शायद म हुरी आउनु अघि आँफै मर्ने थिईन होला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here