शनिबार एउटा ग्रुप च्याटमा भयो हाम्रो भेट,
हेर्दा हेर्दै उत्तिखेरै आयो फ्रेण्ड रिक्वेस्ट ।
आइतबार गरेँ उनलाई फ्रेन्ड लिस्टमा एड,
आफ्नै सम्झी साट्यौं दुबैले मन अनि पेट । ?

सोमबार आइडी मागेर स्काइपमा गरें एड,
नंम्बर पाएपछि फोनमा पनि भयो हाम्रो भेट ।
मंगलबारबाट सुरु गरें मैले रोमान्टिक च्याट,
अन्तिममा बन्न लाग्यौ एकअर्काको लागि म्याड । ?

बुधबार लाज पचाएर उनले भनिन् मलाई भेट,
डेट फिक्स हुनै नपाई डिस्कनेक्टभो NTC को नेट ।
बिहिबार फोन गरेर भनि चोकमा बाह्र बजे भेट,
पर्यो फसाद मेरो त हजुर हिम्मतनै जुरेन सेट ! ?

शुक्रबार एका बिहानै जब मैले खोलें नेट,
लेखेकी रैछे – चिरट र आई हेट यु इडिएट ।
शनिबार के भो कुन्नि भइन हाम्रो भेट ।
थाहा पाएँ एक हप्तामै लव स्टोरी भैैसकेछ चेट । ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here