​रजनी र राजन बर्षौ देखिका साथी थिए । सायद साथी भन्दा अलि बढी जो घन्टौँ फोनमा कुरा गर्थे अनि सयौँ एसएमएस पनि । एकदिन राजनले दिनभरी न त फोन गर्यो न एसएमएसनै । रजनी आश्चर्यमा परी । उनलाई आफुले केहि गल्ति गरे कि भन्ने पनि भयो । फलतः रातभरि निदाउन सकिन । उसैलाई सम्झीरही हरपल हर बखत अनि रोइरही रात भरी आफ्नो कोठामा । अर्को दिन बिहानै उनी ओछ्यानमा हुँदै राजनको फोन आयो :

राजन : हेल्लो !

रजनी : ओहो ! तिमी, थ्याङ गड ! तिमीले मेरो खुशी फिर्ता गर्दियौ तर हिजो दिनभरि किन सम्पर्क बिहिन भा’को कहाँ हराएका थियौ न कुनै फोन न कुनै एसएमएस ?

राजन : अँ… म अलि ब्यस्त थिए । अन्कनाउँदै उसले कुरा लुकाउँछ ।

केहि त पक्कै भै’राको छ भन्ने रजनीले महशुस गरि तर सोध्न सकिन । केवल मौन रही । एकछिनपछि राजनले बोल्ने साहस गर्यो । लामो सास फेर्दै उसले भन्यो – “अब हामीले कुराकानी गर्न र एसएमएस गर्न छोड्नु पर्छ ।” रजनीलाई करेन्टको झट्का लागेझैं झसङ्ग भयो अनि गुनासो मिश्रित भावले सोधीन् – “के भनेको तिमीले अनि किन ?” राजनले क्रुर बन्दै भन्यो – “आईएम सरी ! जीन्दगीमा सबै प्रश्नहरुको उत्तर हुँदैन । जीवन र जगत सम्बन्धि सबै प्रश्नहरुको उत्तर खोज्नु मुर्खता हो । तिमी पनि मूर्ख बन्न नखोज गुड बाई ।”

राजनले फोन काटीदियो । रजनीले कसैले आफ्नो गालामा नराम्रोसँग थप्पड हानेझैँ महशुस गरी । आँखाबाट आशुका धारा बहन लागे । आफ्नै टाउको माथि पहाड खसेझैँ भयो । दिउँसै अँध्यारो भयो उनलाई । उनले केहि पनि सोच्न सकिन एक्लो महशुस गर्न थाली । टुक्रिएझैँ भत्किएझैँ भयो उनको मुटु ।

अर्को दिन उनले राजनलाई फोन गरी । फोन उठेन । उनले धेरै पटक लगातार हानेपछि राजनले फोन उठाउँदै भन्यो – “तिमी किन मलाई फोन गर्दैछौ ?” रजनी सुँक्क सुँक्क रुँदै बोल्यो । म तिमीलाई केहि कुरा भन्न चाहन्छु । राजनले स्वीकृति दिँदै भन्यो – भन । रजनीले भन्यो – तिमी किन म बाट टाढा हुन खोजेको ? जुन सपना म आफ्नो आँखाले देख्न सकेको थिइन त्यो तिम्रो आँखामा देखेको थिएँ के तिमी त्यो सपना पूरा हुन नै नदिई मलाई छोड्न चाहन्छौ ? एक्कासी के भयो र बस् म त्यहि कुरा जान्न चाहन्छु । राजन झर्किँदै बोल्यो – जान्न चाहन्छु रे ? के जान्न चाहन्छौ ? रजनी झन बढी हड्बडाउँदै प्रश्न गर्यो – तिमी ठिकै त छौ ? तिम्रो खुसीको लागि मैले आफ्नो कयौं खुसीहरु बन्धकमा राखें तर आज किन मलाई विश्वास घात गर्यौ ? भाव बिभोर आफ्नो प्रश्नको उत्तर दिन उनले कयौं अनुनय विनय गरीन् तर राजनले उनको कुरालाई कुनै महत्व दिएन । अब उनलाई वियोगमा हाँस्न त परैको कुरा बाँच्न समेत मन लागेन । अन्त्वगत्वाः एउटा सानो कागजमा केहि कुरा लेखेर उनले आफ्नो घर छोडी । केहि समय पछी रजनीको आमाले राजनलाई फोन गरिन । रजनीलाई हस्पिटल लगिएको छ एउटा कारले ठक्कर दिएको हुनाले सिकिस्त घाइते छ भन्ने खबर सुनायो । राजन पनि हस्पिटल पुग्यो । रजनीले उसको नाम लिदै आँखा खोलि । आँखा खोल्दा आफ्नो अगाडी राजन देखेपछि खुसी हुँदै उसको हात समाई ।

राजनले माफी माग्दै भन्यो – “आईएम सरी ! यो सब मैले गर्दानै भाको हो । तर जे होस् तिमी चाडै निको होउ तिमीलाई मेरो शुभकामना ।” रजनीले भनी – “अब म निको हुन्न । जीवनभर नमेटिने घाउ दियौं अनि भन्छौ चाँडै निको होउ भनेर । जाउ तिमी मलाई मेरै हालतमा छोडेर आफ्नो दुनियाँमा जाउ । राजनले दुखी हुँदै भन्छ – “हैन ! हैन त्यसो नभन । मेरो पनि आफ्नो बाध्यता छ । तिमी किन बुझ्न खोज्दैनौ ?” रजनी अलिक शान्त हुँदै भन्छ – “मलाई भन तिमीले किन म सँग एक्कासी त्यस्तो व्यवहार गरेको ?” राजनले आफ्नो मुहार लुकाउँदै भन्छ – “तिमीलाई के थाहा ! मलाई मुटु सम्बन्धि रोग लागेको र म तिमीलाई मेरो कारण दुखि बनाउन चाहन्नथें । म अब केही दिनको पाहुना मात्र हो । म जुनसुकै बेला जे पनि हुन सक्छु त्यसैले तिमीबाट टाढिन खोजेको हुँ । तर म तिमीलाई जुनी जुनीको लागी गुमाउन चाहन्न । म तिमीलाई माया गर्छु । आई लब यु रजनी । रजनीले पनि उसको काखमा रुँदै भन्छ – “म पनि तिमीलाई गुमाउन चाहन्न । लब यु टु राजन ।”

त्यति सुन्नासाथ राजनको धड्कन बढ्न थाल्यो र उसलाई धड्कनले साथ दिन छोड्यो । आखिर उसले सदाको लागि यो संसार छोड्यो । रजनी चिच्च्याई चिच्च्याई रुन थाली । आफ्नै कारणले राजनको मृत्यु भएको हो भन्ने ठानेर ऊ आफूलाई सम्हाल्न सकेन । अन्तिममा उनलाई पनि हृदयघात भयो र उनले पनि यो संसारबाट सधैंका लागी बिदा लियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here