​रेटिञ्छन हजार सपना, जीवनलाई धार मान्नु हुन्न

निभाउनुपर्छ जिम्मेवारी, कहिल्यै भार मान्नु हुन्न

जिन्दगीको यात्रामा पाईला पाईलामा ठेस लाग्छ

बढ्नुपर्छ निरन्तर अघि, कहिल्यै हार मान्नु हुन्न

चक्रझैँ घुम्छ जीवन, दुख पछि सुख आउछ

कर्म गर्नु सहि, अभागी यो निधार मान्नु हुन्न

स्वाभिमानी बन्नु पर्छ, आफ्नै नजरमा नगिर्नु

पाप अधर्म लुटलाई, जिउने आधार मान्नु हुन्न

खुट्टा तान्ने दुई चार, गलत बिचार भेटीएपनि

कोही हुन्छन साथ दिने, झुठो संसार मान्नु हुन्न ।

SHARE
Previous articleकलेजको पहिलो दिन – दैनिकी
Next articleMountain Wild – These Wild Mountains : Chapter 12
म जस्तो छु त्यस्तो देखिँदैन, म जस्तो देखिन्छुु त्यस्तो पनि छैन । मेरो कसैसंंगको सम्बन्ध उ संंगको दुरिले निर्धारण गर्दैनँँ केवल गर्छ त उ संंगको सम्बन्धले । म कसैैको जीवनमा महत्त्वपूर्ण ब्याक्तिको रुपमा स्थापित हुन नसकूँला त्यो मेरो बशको कुरा हैन । म केवल यो चाहन्छु कि जब कसैले मलाई देख्छ, एक मुस्कान देओस् अनि मनमनै भनोस उ मेरो साथी हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here