मेरो आफन्त

– डि आर क्षितिज


सेतो कागज र कालो मसीको लेप जीवनको हरेक नशा नशामा छ । त्यो पनि कोहि कसैको खातिर । लाग्छ, त्यो जून नि अरु कसैको लागि उदाईदिन्छ बस् मेरो आँखा र परेली भिजाएर अस्ताउछ । त्यति रंगिन चमत्कार दुनियाँले मलाई कहाँ छुन्थ्यो । मेरो नजरको दोषि मान्छे रहने बस्तीको बिश्लेणको अगाडी । खै यी सब सपना जस्तै लाग्दैछ ।

बिस्तारै घाम डाडपारी पुग्नै लाग्दा सोच्थेँ; यो गोधुली म प्रति समर्पित बनेर लजाईदिन्छ । अनि एक कालो पर्दाको साहारामा छोटो सफरको यात्रामा अल्पबिराम लगाउदै सपनाको बगैंचामा मलाई फाल्न एक सुमधुर रातको आह्वान गरिदिन्थ्यो । अनि म त्यहिँ सपनामा रमाईदिन्थे अरु कसैको आगमनमा । मसँग पनि थिई एउटी साथी जो हरेक रात मेरो सपनाको सुन्दर बगैंचामा फुल्न चाहान्थी । दोषी समयको हरेक प्रहारको सामना गर्न चाहान्थी । एक सभ्य र सुशोभित नारीको रुपमा त्यो समाजमा उदाउन चाहान्थी जसरी एक कालो रात छिचोल्दै नयाँ बिहानि डुलाएर ल्याउछ त्यो प्रकृती । आकाशमा उडिरहेको चरालाई काईसि अौलाले देखाएर भन्थी; म त्यो चराजस्तै उड्नु छ अनि तिमिलाई नि उडाउनु छ । समाजमा अौठाछाप लगाउने आमाहरूलाई देखाउदै मलाई भन्थी; उ ती आमालाई कलम समाउन सक्ने बनाउनु छ । यसमा तिम्रो साथको ठूलो अपेक्षा छ ल… “

समयले मलाई सधै हेपि रहन्छ एकदिन मैले त्यसलाई हेप्नु छ । म यो बस्तिमा रात भएको हेर्ने चाहान्न । मलाई थाहा छ, कसैकसैले मलाई सुनाउने छन् पाँच तले दरबारको सपना कति मीठो हुन्छ भनेर तर मसँग पाचतले दरबार बन्ने दिन आएछ भने चारवटा यो समाजका घरबार बिहिनलाई दिनेछु र बाँकि रहेको एक कोठा तिम्रो मेरो सुखदुःख साट्ने चौतारी बनाउँला । सोँच्थे सपना फुल्ने रात मस्त कि जुन फुल्ने देश ? यो प्रश्न त भेट भएछ भने पक्कै सोध्छु उनलाई ।

आफैले सोच्दै थिएँ; झ्यालबाट टकटकटक आवाज आयो म झसङ्ग बिउझिँए छेउतिर राखेको मोबाइल लिएर हेरेँ, बिहानको चार बज्नै लागेको रहेछ । को हो एका बिहानै ? म भित्रैबाट बोलेँ । “हैट! ढोका खोल न यार के सारो निदाएको हो ?” उ बाहिरबाट करायो । सजिलै आवाज चिनिहालेँ; उ त्यहिँ रमेश थियोे । ह‌ैन हो! के आज पनि सपनालाई भेट्न जाँदै थियो र ? सजिलै जिस्काउन भ्यायो । छोडदिनु दाई एकदिन भेट्दैमा ऊ हजुरको बन्ने भन्ने के ग्यारेन्टी छ र ? फेरि बस्तीनै नौडाडा पारि छ क्यारे । हुन त रमेशका कुराहरु नि अनुसरण गरेर अगाडि बढौँ जस्तो लाग्थ्यो तर मेरा हर सपनी सपना बिना सधै अधुरो यात्रामा सफर भैदिन्थे । उसलाई नभेटेको हर सपनी अौँसी जस्तै कालो रात नानीको बिचमा बसेर छोपिदिन्थ्यो अनि म उसकै नाममा बेसि पागल जस्तै बन्थेँ ।

सपनाको हर सफर र उसले चुमेका हातहरुले हरेक दिन जीवनमा नयाँ उमङ्ग छरिदिन्थ्यो । म त्यहिँ उमङ्गलाई खुसिमा बदल्दै मेरा हर सफर एक सुन्दर सहरलाई चुम्न पुग्थे । खै, कसरी तुलना गरौँ रमेशका उपदेश र सपनाका सपनिहरु । म आफै एक गहिरो खाल्डोमा खसे जस्तै भान हुन्थ्यो । हरेक दिन सपनासँगको सफरको कहानी रमेशलाई सुनाउने कोशिश गर्थेँ । तर उ मलाई पागलको बिल्ला भिराईदिन्थ्यो । साथै भनि पनि हाल्थ्यो; त्यो यात्री पवित्र होस् बुढिगङ्गा जस्तै, निश्चल बगिरहोस् बडिमालिका झैँ, सधैँभरि मुस्कुराई रहोस चन्द्रमा जस्तै… यस्तै अरु सयौं जुनीमा नि हजुर जस्तै सपनिको राजकुमार भेटाओस्, हजुरको हरेक हृदयको स्पर्श उनको आँखाको नानी पन्छाओस्, उनका हरेक स्पर्श बतासको बेगसगै दुनियाँमा मग्मगाएर सुगन्धित बनिरहोस्, मेरो हर सफरमा हजुर अनि सपना जस्तै यात्री भेटुँ यो मन्द जुनेलि रातसँग यहीँ अपेक्षा गर्छु ।

२०६४ साल साफेबगर महोत्सवको क्रममा पहिलोपटक सपनालाई भेट्ने अवसर त्यो प्रकृतीले जुराईदिएको थियो । म अनि रमेश आफ्नै कुरामा ब्यस्त हुँदै महोत्सव स्थान तिरको यात्रा तय गर्दै थियौँ । घरबाट अलिक बेसि हिँडेपछि निकै थकाई महसुस भयो अनि पानी प्यास पनि निकै धेरै । हुन त बसन्त रितुको त्यो क्षण, आकाशमा लागीरहेको पारिलो घाम र वातावरणमा निर्वायत वहिरहेको सिरिसिरि हावाको बेगलाई हाम्रो सफरले छिचोल्दै अगाडि हिँड्दै गर्दा एउटा पसलमा थकाई मार्न पुगियो । ठाटि बजार नजिकै एक पसलमा अलिक बसेर पानी पिउदै गर्दा अगाडिबाट अावाज आयो – “सर! यहाँदेखी साफेबगर फेरि कति टाढा छ नि ? हिन्दा हिन्दा निकै थाकियो ।” खूला आकाशमा उदाएको पुर्णिमाका रसिला ओठ जस्तै हिस्स परेकी युवती अगाडि उभिएको देख्दा केही बेर मज्जाले हेरिरहन मन लाग्यो । त्यो सुन्दर युवती, त्यो सुकोमल युवती जुन मसँगको परिचय बिनै बोल्न आएकी थिई, जसको एक बचनलेनै म प्रभावित बनेको थिएँ, उसलाई एकटकले हेरिरहेँ ।

उता रमेश आफ्नै धुनमा ब्यस्त थियो । ओहो! साफेबगर जाने होर तपाईंहरु ? केही समयपछि रमेशले जवाफ दियो । “हजुर हो, महोत्सवमा जान ला’को गाडिहरु नि पाइएन” एउटीले जवाफ दिई । ए ल ठिकै छ हामी नि त्यतै जान ला’को हो । मिल्ने भए सगैँ जाउँ न त ।” रमेश ठट्याउलो पारामा उनीहरुलाई भनीरहेको थियो । मेरो कानले रमेश बोलेको कुराहरु सुन्दै थिए तर तन मन भने सपनाको मुहारले आफ्नो नियन्त्रणमा लिईसकेको थियोे । “अनि तपाईं एक्लै हो, साथीहरु छैनन् र सर ?” फेरि अर्किले सोधिरहेकि थिई । रमेश र म फरक फरक बेन्चमा बसिरहेका थियौँ । मलाई उसले अौँला तेर्साएर देखाउदै भन्यो – “ऊ त्यहि हो मेरा साथी ।” झुट बोल्नुहुन्छ, हामीसँग तपाई यति धेरै बोल्दा उहाँ एक शब्द नि बोल्नु भएन त, अनि कसरी तपाईंको साथी नि ?” त्यस मध्येबाट एउटीले भनी । मैले झुट किन बोल्नु मिस ? तपाईँहरुमा पनि तिनजना मध्ये एउटा त बोल्नै सक्नु भएन नि । मेरो साथी अगिसम्म त बोलिरहेकाे थियो तर तपाईं आएपछि भुत लागेजस्तो छ । रमेशले म तिर आँखा झिम्क्याउँदै जिस्किँदै छेल्लिँदै जवाफ दिदै थियोे । यसरीनै पराई भुमीमा पराई मित्रहरुसँग चिनापर्ची भयो । सबैजना एकसाथ महोत्सव स्थल तर्फ लाग्यौँ । बाटोमा मेरो मनमा उकुसमुकुस भैरहेको कुराहरु सजिलै सबैले थाहा पाईहालेछन्, बाटभरी धित मरुन्जेल जिस्काउन भ्याए, दुबैलाई जबरजस्ती बोल्न लगाए सायद त्यहि पल थियो मैले जिवनमा नगुमाउने “मेरो आफन्त” भेटेको…।

बसन्त रितुको समिपमा सपनासँगको एक मार्मिक सपर, छोटो जिवनको लामो कागज बनिदियो । कार्ल मार्क्स र लेनिनका पुस्तकहरु र बिचारहरुद्वारा प्रभावित सपना मेरो जिवनको भाव बन्न तत्पर भईन । पाँच किलोमिटर बाटोमा सपनाको हरेक बिचारको प्रशंसा गर्न मसँग भएको नाथे मामुली कुनै शब्दले साथ दिएन । मनमनै सोचेँ; साँच्चै सपनाका हरेक सपना बिपनामा परिणत गर्न हर सम्भब म मेरो तन, मन र कलम चलाउने हातहरु खियाउनै पर्छ । झुपडीमा बालेको आगो र महलको आगोमा स्पष्ट गन्ध फरक हुन्छ । उ त्यो बुढिगङ्गा र उ त्यो खोला नियाल दुबैको स्पर्श त फरक छ नि बसन्तको हैन र ? यस्तै लोभलाग्दा कुराहरूले मलाई निथ्रुक्क भिजाउने क्षमता सपनामा कमि थिएन । गरिबीको तातो रापमा जमेर बसेकी सपनामा आक्रोश पनि त्यतिकै थियो । उसले बोल्ने हर कुराको तर्क वितर्क गर्दै वाद विवाद गर्न लायक त्यस्तो कुनै जवाफ म सग थिएन । खरको घर अनि खेतीयोग्य जमिन पनि आफुसग नभएको कुरा सुनिरँहदा हृर्दय नै छियाछिया भयो मेरो । बुवाको जेनतेन कमाइले १० कक्षामा पुगेकि सपनाको सपना अनौठो पक्कै थियो नै । बुवाले छोडेर गएपछिका घटना सुन्दा त्यहाँ मस्तिष्कले नै काम गर्ने छोडेछ । कता कता लाग्थ्यो त्यस्तो पापि समाजलाई अहिल्यै गयर खरानि बनाएर आउँ तर उ आफै सम्हालिन चाहान्थि र भन्थी; रितु बदलिन्छ, समय बदलिन्छ, परिबेश बदलिन्छ भने यो समाज पनि एकदिन अवस्य बदलिने छ । म यसलाई बदल्ने छु । बस् यसमा तिम्रो साथ र अदभूत मायाँको खाचो छ मलाई ।

क्यान्सरको कारण बुवाको निधन हुँदा सपना कम्युनिस्ट भएकै कारण मलामि जाने मान्छे नपाएको कुराले निकै स्तब्ध बनायो । भन्थिन् लास त घरबाट आफैंले उठाएँ तर दागबत्ती दिन लाग्दा भाइ आईपुग्यो र म मेरा कर्तब्यबाट बिमुख हुन पुगेँ । म भक्कान्निएर रोएँ । आँखामा आशुको लेप मेटाउन गार्‍हो भयो । महोत्सवको त्यो पल सपनाको दर्दनाक कहानीले झनै शुन्य बनाईदियो ।

बसन्त रितुको त्यो समिपमा एका बिहानै कालो बादल मडारिए जस्तै आभाष भयो तर आफैंले अनुभव गरेँ सपनाप्रतिको मेरो दायित्व । मैले सपनालाई त्यहिँबाट वचन दिएँ – “म मेरो तर्फबाट तिम्रो सुखको लागि ज्यान नि बाजि लगाउन तयार छु अगाडि बढ । उसले आँखाबाट आशुका धाराहरु बर्बरि खसालेर भनी बसन्त बाचुन्जेल अब यो मन र जीवन तिम्लाई समर्पण गर्दैछु । बिच बाटोको यात्रि नबन्नु नि ल । यति भन्दै मन्द आवाजमा बोली – “बल्ल भेट्दै छु मैले आफ्नो पन त, तिमी नै हौ एक मेरो आफन्त ।”

हामी आफ्न‌ै दुनियाँमा ब्यस्त रहँदा रमेश र साथिहरु त कता पुगेछन खै पत्तै पाईएन । उसो त रमेश सधै तिब्र गतिमा चल्ने मान्छे, खासमा उसको जिवनको नारा नै थियो “चाईना रेल जस्तै फास्ट चल्न सक्नुपर्छ मान्छेले, अनि पो प्रगति हुन्छ जिवनमा ।” उसले हाम्रो लागि बिचमा रोकिने सवाल नै थिएन । जे होस हामि पनि फटाफट हिँडेर कार्यक्रम स्थान साफेबगर पुग्यौं । टिकट काटेर भित्र गयौं, हजारौं हजारको भिड अनि त्यति नै बडेमानका साउन्ड सिस्टमले कानका जालिहरु थर्कमान भैरहेका थिए । राजु परियार दाईको प्रस्तुति चल्दै रहेछ । रमेश अनि उनिहरुलाई धेरै खोज्यौँ तर कतै भेट्न सकिएन । उनिहरु त बाहिरबाट नै हेर्दै रहेछन हाम्रो प्रतिक्षामा । के हो यार, के सारो समय लगाको हो १५ मिनेटको बाटोमा ३ घन्टा लाग्छ र अचेल ? रमेश ले कराईहाल्यो । हामी अहिले आको हो र, ३ घन्टा हुन लागिसक्यो – मैले भनेँ । हैट फसायौ तेसो भा – रमेश बोल्दै थियो ।

साच्चै मलाई कार्यक्रमको उमङ्ग भन्दा सपनाको बोली सुन्न हरपल छट्पटी भएजस्तै हुन थाल्यो । बेलुकी को ५ बजिसकेको थियो । दिनको त्यो जवानी गोधुलीमा रुमलिने बेला आउन धेरै समय थिएन । सबैसँग छुट्नै पर्ने बाध्यता तर यो मन अनि मस्तिष्कले सपनाको अँगालो छोड्नै मानेन । होटलमा नास्ताको लागि चाउचाउ पाक्दै थियो । सपनाले मलाई एकान्तमा बोलाईन र सँगै जिउने अनि मर्ने कसम खुवाउन सफल बनिन । भगवान कसम ! अगाडि भन्दा बेग्लै उमङ्ग थियो उनको अनुहारमा । मेरो मुहारमा पनि बेग्लै चमक देखेपछि साथीहरूले जिस्काउन थालिहाले । सुर्यको रापिल‍ा किरणहरु गोधुलि साँझको आगमनसँगै केही सिथिल बन्दै गयो । सपना र उसका साथिहरु अनि म र रमेश छुट्नै लाग्दा सबैका आखामा बिदाईको चोट अनि बिछोडको पिडा कर्कलाको पातमा खसेको सितको टुर्का जस्तै देखिन्थ्यो । तर हामिसँग छुट्नुभन्दा अरु बिकल्प पनि त थिएन कारण उनिहरु केही दिन बस्ने गरेर आएका थिए तर हामी एकदिनका पाहुना थियौँ । छियाछिया बनेको मन र सितको थोपाजस्तै टल्केका आशुको कहानी नबुझ्दै बिदाईका हात हल्लाउदा नारायण रायमाझी दाईको राम्दि पुल तरने बित्तिकै, बाचे भेट मरेत यत्तिकै… गितले मन अझै छियाछिया बनादियो ।

सामान्य तवर र स्कुलको ब्यस्तताता सँगै ब्यतित बनिरहने मेरो जिवनको बास्तबिकता सपनाको साथसगै बदलिन थाल्यो । मनभरि समाज बदल्ने सपना, अनि नया नया ईच्छा र आकाङ्क्षाहरुले हरेक दिन मन अनि मुटुलाई झस्काउन थालेँ । जतिपनि सपनाहरु मनभरि सपना र समाजको लागि बुन्ने गर्थे तर त्यो बस्तीमा कामयाब रहेर पूरा गर्न असम्भव जस्तै थियो । तर सपनाको बिचारहरु सम्झिदा लाग्थ्यो एउटी केटीले त त्यत्रो परिवर्तनको सपना बस्तिम‌ बसेर पूरा गर्ने अठोट गर्छे भने मैले किन सक्दैनँ ? आफै प्रश्न अनि आफै उत्तर बनिदिन्थे । रमेश जस्तै मन मिल्ने साथि अनि सपना जस्ती मुटु मिल्ने साथिको साथ जिबनका सफलताको शिखर चुमाउन म प्रयोग गर्न सक्थे । ना कि मेरो मिसनमा न रमेश न सपनाले नै नोट अफ डिसेन्ट लेख्ने हैसियत राख्थे । सपनाको अदभूत माया अनि रमेश जस्तो मन मिल्ने मान्छे म सँग हुदाहुदै पनि मलाई गरिबिले सताईरहन्थ्यो । मनले चाहेको कुरा सजिलै पाउन धेरै महिना कुर्नुपर्थ्यो समयको प्रतीक्षा निकै महङ्गो साबित बनिदिन्थ्यो । यो कुरा मलाई मात्रै हैन रमेश अनि सपनालाई नि स्पस्ट नै थियो । हरेक पुर्णिामाका जूनहरुसँग रमाउने अनि पहाडका उकाली र ओरालि चुम्दै बुवाअामाको कडा मेहनतले जेन्तेन पढाइ अगाडि बढाईरहेको मान्छे म कहाँबाट हुन्थे मेरा सपना पूरा सपनालाई अगालेपछि को मेरा तितरबितर दिमागहरुबाट हरेक निदरीहरुलाई झस्काईदिन्थे ।

भरखरै दिएको परिक्षाको रिजल्ट नि स्कुलले सार्वजनिक गरेछ । म फेरि प्रथम स्थानमा पास भएछु । हेर्दाहेर्दै अब त फलामे गेट एस एल सि नजिक पुगिएछ । अब त झन जिम्मेवारी थपिएझै लाउन थाल्यो । आमा पनि निकै खुसि हुनु भयो । बिदेशमा रहनुहुने बाबाको नि खुसिको सिमा नै रहेन यो खबरले । सबैले बधाई र सफलताको कामना गर्न भ्याए तर मनमनै सोच्न थालेँ – आफू त पास भैयो तर सपनाको के भएछ यहिँ पिरले सताईरहयो । लगत्तै सपनाको मोबाइलमा फोन लगाएँ । उताबाट सिधै सदैव यस‌ैगरी प्रगति गर्नु ल । बरु पार्टी दिन कहिले आउने हो नि ? आवजले म झसङ्ग बन्दै सोधेँ – हैन यो बेटाईममा के को पार्टी नि तिम्लाई ? प्रतिप्रश्न गरेँ ? अझै झुट बोलेको हेर न, स्कुलमा फस्ट भएको पार्टी दिनपरेन ? उनले भनिहालिन् ।

कुरा रमेशले अगाडिनै पुगाईसकेको रहेछ । म पास भएको खबरले सपनाको खुसिको सिमानै थिएन । फोनबाट मज्जाले अनुभव गर्ने मिल्थ्यो । म अनि मेरा हरेक कुरा आमालाई भन्ने गर्ने रहिछन् । मलाई आफ्नो आमासँग कुरा गर्न जबर्जस्ती गरिन । मैले नि बाध्य बनेर कुरा गरेँ । निकै रमाइलो खालको कुरा गर्नुभयो मलाई निकै लाज लाग्न थाल्यो र मलाई जसरी नि घरमा आउन निम्तो दिनुभयो । हुन्छ मामु, म आउछु भन्दै फोनबाट बिदा भएँ । मेरो हरेक यात्रा सपनाको सवाल बिना चल्न असम्भव जस्तै बनिदियो । हर सपनि होस या बिपनि उनकै नाममा यति धेरै छट्पटी भैरहन्थ्यो र लाग्थ्यो उनकै बस्तीतिर बसाइँ सरौँ । कक्षा १० को भर्ना गरिसकेपछि सपनाको मामुलाई दियको वचन पुरा गर्न जाने सोचमा थिएँ र यस्को लागि रमेशसंग पनि अनुरोध गरेँ । उसले पनि हुन्छ भनेपछि खुसिको सिमानै थिएन । सपनाको अगालोमा धित मरुन्जेल बेरिने सवालको खुशिले यति धेरै छट्पटी ल्याईदियो कि त्यो दिन नै सपनामय बनिदियो मेरो लागि ।

भोलिपल्ट बिहानै स्कुलमा एडिमेसन गरेर सपनाको सुन्दर बस्तिलाई पन्छाउदै मनभरि थुप्रै रहरहरु साँचेर सपनाको घरतिर लाग्यौं । रमाइला अनि मनछुने कुराहरु रमेशले बाटो भरि सुनाइरहँदा बसन्त रितुको त्यो प्रहर रित्तो जस्तै बनिदिन्थ्यो । बाटोभरि सपना भाउजूको घर गएर के भन्नुहुन्छ ? यस्तै प्रश्नलेले मलाई सताईरहन्थ्यो रमेश । उसले सोधेका हरेक प्रश्नको उत्तर दिँदै रमाइलो पाराले सजिलै मेरी मुटुभन्दा प्यारी सपनाको बस्ति नजिकै पुगेछौँ । निकै रमाइलो पहाडको त्यो बस्तिमा पुग्नै लाग्दा डाडापारि पुग्नै लागेको सुर्यको छड्के किरणहरुले सुमधुर गोधुलिको आमन्त्रण गर्न खोज्दै थियो । बसन्तको समिपमा त्यो अग्लो बस्तिमा दौडिरहेको पवनको स्पर्शले यो मन खै कता हो कता हराउन खोज्थ्यो । हिजोसम्म सपनाको नयन खोजिरहेको मन एकाएक प्रकृर्तिको लोभ्याउने हासोले नियन्त्रण गरिदियो जब रमेशले “छित्तिजपारी उनको बस्तिमा “गित गुन्गुनाउन थालेको थियो ।”

मेलापात जानेहरु र गोठालाहरुको बस्तीमा जाने मुल बाटोको त्यो चौतारी साँच्चै स्वर्गबाट खसेको एक टुक्रा जस्तै लाग्थ्यो अनि आखाले नियाल्दा देखिने मनमोहक दृश्यले चटक्कै दुनियाँ भुलाईदिन्थ्यो । निकैबेर त्यहिँ कुर्यौँ । बेलुकीको साँढे पाँच बज्नै लाग्दा मेलापात बेसितिर अनि गोठाला गएकाहरुको जमघटमा घुलमिल हुन पाउँदा निकै भाग्यमानी ठानियो । सायदै बिरानो ठाउँ, बिरानो परिबेश अनि बिरानो मान्छेहरुको आत्मियता सोँचेभन्दा काफि मिलेर होला सबैले अनेक थरि सोधे तर हामीले बास्तबिकता खुलाउन चाहेनौ बेलुकि खानाको लागि निकै अनुरोध अाएको थियो तर सबैलाई भोलिबाद थमाईदियौँ । स्थानीयहरु संगको छोटो तर अबिस्मरणिय त्यो पलसंगसंगै बस्तीतिर प्रवेश गर्यौँ ।

केही बेरको छोटो यात्रापछि गाउँमा पुग्न सफल भयो । स्थानीय एक सानो भाईले सपनाको घरतिरको बाटो देखाईदिए । त्यँहि ठाउँबाट सज्जन र दुर्जन ब्याक्तिहरुलाई सजिलै चिन्ने अवसर मिल्यो । नसाको भरमा त्यतिकै गालि पनि खाइयो र माया गरेर सपनाको घरसम्म पुगाईदिने मान्छेको मार्मिक साथ नि पाईयौ । बल्ल सपनाको घरमा पुगियो, निकै रात परिसकेको थियो । हामिसँगै घर जानुभएको दाईले सपनालाई बोलाईदिनु भयो ।

अगाडि आगनमा हामीलाई भेट्दा सपनाको आँखाहरुमा खुशिका आशुहरुले परेलि भिजाईदिएका थिए । हामीले आउदैछु भनेर खबर गरेकोे थिईनौँ त्यसैले सपनाको लजालु नयन आशुले भरिनु स्वाभाविकनै थियो । सपना खाना खाएर सुत्ने तयारीमा रहिछन् । हाम्रो आगमनले सबैको निदरिलाई विश्राम गरिदिएजस्तै महशुस भयो । साँच्चै त्यो बस्तिको बास्तबिकता सपनाले सुनाए जस्तै रहेछ । साह्रैँ मायालु देखि मान्छेलाई जनावर देख्ने राक्षसहरु नि बस्तीमा बस्ने रहेछन् । सपनाले खाना बनाउन फेरि सुरु गरिसकेको थिईन । सानो घर चटक्कै मिलेको परिवारमा मामु, सपना, सिर्जना र भाइ दिपक रहेछन् । उसो त परिवारका सबैलाई हाम्रो कथा थाहा नै थियो । सपनाले केही कुरा लुकाए जस्तो देख्न मुस्किल नै थियो । म त केही बोल्न नि चाहिन किनकि म निकै लजाउथे तर मेरो सफरको साथि रमेशले मेरा हरेक सपना पूरा गरिदिन्थ्यो । कुरा गर्न निकै नलजाउने रमेशले सपनाको मामुको नजिक हजुरको हुनेवाला ज्वाइँ उहाँनै हो भन्दा म त्यहाँ बस्न सकिनँ । निकै लाजले गले जस्तै भएँ । सपना पनि बहिनिलाई खाना पकाउन लगाएर सुत्ने कोठातिर लागेपछि घरमा हासोले मौलाउने मौका पाएको थियो । रमेशले मामुसंग मेरा सबै भुत र बर्तमान बिस्तार गरेसंगै मामुले सपनाको हात मेरो भन्दा अरु कसैको हुनेछैन भनिदिनुभयो ।

सबै कुरा बाहिरबाट सुनिरँहदा मनमनै रमेशलाई धन्यवाद दिईरहेँ । मामुसंग बिहेको समय नि फिक्स गर्न भनेपछि म निकै गहिरिएर सुनिरहेको थिएँ । छोरी र उहाँलाई जहिले समय मिल्छ म केही भन्ने छैन मामुको सजिलो प्रतिक्रिया पाएसंगै खाना नि सिर्जनाले तयार पारिसकेकि थिईन् । सपना त लाजले होला कोठामै रहिन । मामुसंग निकै रमाइलो कुराहरूमा रमेश ब्यस्त रहँदा रातको १२ बजिसकेको थियो । फेरि बिहानै हिड्नुपर्ने । त्यो छोटो रात पनि अनेक कल्पना र सपनाका हिजोका रहरहरुले निदाउन‌ै दिएनन् । रमेशले बिहेको कुरा उठाएसंगै मनभित्र अनेक तरङ्गले खेलिरहे । गरिबीको चरम प्रहारले सपनाको जुन फुल्ने रहरको अधुरो कल्पना केही भरमै तितो सावित भैदिन्थे निकै बेर गहिरिएर सोंचे मैले सपनालाई अन्माएपछि उसलाई खुसि राख्ने आधार के नै छ र म संग के सिन्दुर हालेर मात्रै सपनाको हर रहर र चाहानाहरु पूरा होलान त ? यस्तै कुराहरुले मन खिन्न बनाईदिन्थ्यो र मनले बिकल्पको खोजिनिती गर्न थाल्न थाल्यो । सपनाको घरको त्यो रात यति धेरै कठिन बनिसकेको थियो कि मेरो हिजो एकरातमै पूरा परिबर्तनको पक्षमा वकालत गर्न पुगेको थियो । राति त सपनासँग बुरा नि भएन । बिहान सबै कुरा र बास्तबिकता सपनालाई भनेर लगभग म भारत जानको लागि तयार भएँ । यसो भनिरहँदा उनी त डाको छोडेर रुन थालिन । सपनाको आखामा आशुको लेप देख्दा कालो बादल मडमरिए जस्तै भयो रमेशले निकैबेर सम्झाएपछि सपना मान्न तयार भईन् र केही महिनाको लागि मेरो यात्रा भारतको लागि मेरी प्यारि सपनाले सहजै पास गरिदिईन ।

खाना खाएर सपनालाई केही महिनाको लागि बिदाई गर्दै हामी घरतिर लाग्दा त्यो बस्ति र सपनाको तस्बिरले प्रेमपुन्जको स्वर्गीय स्पर्श खल्लो साबित गरिदियो । सपनाले भारतको यात्रा तय गरिदिए पनि मेरो घरबाट असम्भव जस्तै थियो अनि स्कुलको पढाई पनि समाप्तिको यात्रामा पठाउन पर्ने बाध्यता ममा आईपुग्यो र सपनाको खुसिको लागि म सजिलै पढाइमा अल्पबिराम लगाउदै भागेर भारत जाने निर्णयमा पुगेँ । मेरो यो निर्णय रमेश भन्दा अरुलाई थाहा नै थिएन । सपनालाई जानै लाग्दा फोन गरेर बैशाख २३ गते साफेबगरबाट म भागेर म भारतको बेङलोर सहर पुगेँ । बाबा भारतको मुम्बईमा काम गर्नुहुन्थ्यो । मलाई गालि गर्नुहुन्छ भनेर निकै टाढा हुन पुगेँ । मलाई हरायो भनेर घरमा निकै चिन्तित बनेछन । केही दिनपछि रमेशले सबै कुरा भनिदिएछ । भारतमा पुग्ने बित्तिकै मैले रमेशलाई फोन गरेँ । उसले यताको केही चिन्ता नगरी काम गर्ने भनिरहन्थ्यो । म पनि सपना अनि परिवारको म नआउन्जेल राम्रोसंग हेरचाह गरिदिन अनुरोध गर्थेँ । रमेशले हरेक दिन त्यहाँको सबै खबर फेसबुक र कलमार्फत दिईरहन्थ्यो ।

सपना भाउजुसंग नि कुरा भैरहन्छ दाइ भनेर केही चिन्ता नलिन मलाई अनुरोध गर्थ्यो । उसो त म नि सधै जसो सपनासंग नजिकनै भैरहन्थेँ । दुईचार दिन ब्याङलोरको बस्तिमा त्यतिकै बसेपनि त्यसपछि मैले कल्पना गरेभन्दा बेसि राम्रो काम पाएँ । महिनाको कमाई नि सोचेभन्दा निकै काफि राम्रो हुन थाल्यो । कम्पनीमा धरानकै निकै मन मिल्ने साथि पाएपछि रमेशको अभाव यहाँ हुन पाएन तर हर दिन र रात सपनि अनि बिपनि सपनाको छायाले बाटो छेकिरहन्थ्यो । बस्, फोटो हेरेर याद मेटाउने कोशिश गर्थे म । उसकै फोटो कम्प्युटरको बाहिर पर्दामा सेट गरेर नियालेर हेरिरहन्थेँ तर अफिसका साथिहरुले बेस्सरी जिस्काउथे । कम्पनीमा मेरो निकै मेहनत देखेर चिअरमेनले दुई महिनामै मेरो तलब बढाईदियो । यो खबर सपनाले सुन्दा यति खुशि भईन कि उनमा खुशिको सिमानै थियन । उता रमेशले यो खबर सुन्दा ल दाई एउटा गिफ्ट चाहियो भनिराथ्यो आउदा एउटा राम्रो मोबाइल लिएर आउनस ल बिहेको सुटिङ राम्रो क्याप्चर गर्ने खालको । मलाई सधै यस्तै कुराहरुको भ्रमले सताईदिन्थ्यो ।

टेलिफोन र सामाजिक सन्जालले रमेश, सपना र अरु साथिहरुसंगको आत्मियताको कमि भएको महशुस नै गरिएन । दिनभरि अफिसका रमाइला साथिहरुले सपनाको अभाव नि टारिदिन्थे । रमाइलो पारामा जिन्दगी ब्यतित भैरहँदा ममा केही सपनामा पुर्णबिराम लगाउने बहस चल्दै थियो । त्यसमा सबैभन्दा पहिलो सपनासंग बिहे अनि आउदै गरेको एसएलसी परिक्षा पहिलो टारगेट नै थिए । नोभेम्बरमा घर जाने भनेर चिअरमेनसंग बिदा मागिसकेको थिएँ । दुई महिनाको छोटो पल सपनासंग बिहे गरेर फर्कने कुराले आफैंलाई हर्सित तुल्याउने गर्थे । तर म नेपाल जाने खबरले अफिसका साथीहरू निकै दुखि बन्थे र मलाई चाडैं फर्किन अपिल गर्थे । आफ्नै बाबाभन्दा कम थिएनन् चिअरमेन पनि । मलाई सपनालाई नि लिएर आउन अनुरोध गर्दा म निकै खुसि बन्थेँ । अफिसमा हुने गरेका हरेक कुरा सपना अनि रमेशलाई सुनाईरहन्थेँ । बिहेको तयारीका खातिर अलि पैसाको अभाब महसुुस गरेर मैलो करिब २० हजार जति रिण पनि लिएँ । अब त नेपाल जाने दिन नि करिब ५५ मात्रै बाकि थिए । उमङ्ग र हर्षका आँशुहरु गहभरि टिलपिल भैदिन्थे । मिठामिठा सपनाहरु संगालेर सपनाको हात चुम्न पाउने दिनको बेग्र प्रतिक्षाले सताईरहन्थ्यो । मलाई बिदाई गर्दा बगाएकि आँसु फेरि भर्ने मीठो कल्पनाले रहरहरु खै कुन गगन चुम्थे पत्तै पाईन । तर यी सबै कल्पना र चाहाना अनि मनभरि अगालेका रहर र हर रातका सपनिहरुमा त्यहि गगनबाट बज्रपात बर्सिएछ ।

घर जाने दिन नजिक पुग्दै गर्दा रमेश र सपनासँगको सम्बन्ध निकै टाढा बनिसकेको थियो म निकै अच्चम्मित बने हिजो सम्म २४ घन्टा सुचारु हुने फोन किन एक्कासी बन्द हुन पुगेछन् ? मनमनै सोचिरहेँ हरेक मिनेटमा फोन डायल गरेरै मोबाइलको ब्याट्री सकिन लाग्दा नि फोन सम्पर्क हुन सकेन । म लाचार बनेँ । साँचेका हरेक सपना दिन प्रतिदिन उजाडिन थाले जीवननै मरुभूमिको सफरमा चलिरहे जस्तै लाग्न थाल्यौं । म निकै छट्पटीले हरपल मरेतुल्य हुन पुगे मलाई नवीनले निकै सम्झाउने कोशिश गरिरहन्थ्यो । हेर्दाहेर्दै पाँच दिनसम्म फोन सम्पर्क नभएपछि हिजो सम्मका सबै सपना मेरो कल्पना ठानेर तितो बिगतको परिभाषा ख‍ोज्न थालिसकेको थिए । १५ दिनपछि म र नवीन खाना बनाउने काममा ब्यस्त थियौँ र रमाइला कुराहरु गरिरहेका थियौँ । बेलुकि लगभग ९ बजिसकेको थियो एक्कासि मोबाइलको घन्टी बज्यो । खाना पकाउनमा बिजि भएकोले पहिलो कल रिशिभ गर्न पाईन । लगातार फोनको घन्टि बज्न थाल्यो । पाईन्टको खल्तीमा राखेको मोबाइल झिकेर हेरेँ । रमेश को नम्बरबाट फोन आईरहेको रहेछ । फेरि हिजोको मरेतुल्य बनेको मन सपना थुपार्ने चाजोपाजो गर्न थाल्यो यतिकि मरुभूमिमा नि पानी भेट्टाए जस्तै आभास हुन थाल्यो ।

हरेक दिनका छट्पटीले बिचल्लीमा छचल्कियको मन रमेशको फोनले केहि हल्का पक्कै भएको थियो मैले हतारमा फोन रिशिभ गरे रमेश केही बोल्न सकेन एकोहोरो रुदै धेरै पल्ट दाइ दाइ मात्रै भनिरह्यो । निकै बेरपछि एक छोटो लाईन बोल्यो भक्कान्नियर रुदै भन्यो “दाइ मेरि प्यारि हुनेवालि भाउजू सपनालाई मैले बचाउन सकिन मलाई माफ गरिदिनु होस्” कानमा लगाएको फोन छुटेर थोत्रा थोत्रा भएछ ।मलाई सम्पूर्ण धर्ती आकाश फाटेर मेरो माथी प्रलय आएको भान भयो । शरिरभरी हजारौं बारुलाले चिले कस्तै चिटचिट हुन थाल्यो । सिङ्गो शरिर आगाको भट्टीमा हालेजस्तै महसुस भयो यस्तो लाग्थ्यो मानौँ रमेले सलाई कोरेर मेरो मुटुमा फालिदिएको छ । बेहोस मै म त्यहि ढलेछु, नवीन पनि रुन थालेछ के भएको रहेछ भनेर मेराे मोबाइलबाट नम्बर लिन खोजेछ तर फोनको टचले काम गर्ने छोडिसकेको रहेछ । चिअरमेनलाई फोन गरेर बोलाएछ र मलाई गाडीमा हस्पिटल लगिएछ । मेरो फोन रिपेरिङ सेन्टरबाट रिपियर गरेर बास्तबिकता खोज्ने प्रयास गरेछन् । मलाई हस्पिटल को बेडमा १५ दिनपछि मात्र होस आयो । म सपना सपना भनेर कराउँदै रहेछु, ठिक पाँच दिनपछि मलाई हस्पिटलबाट रुममा पठाए । जब रुम पुगे तब मात्र मलाई यो सब घटनाको बारेमा नवीनले सुनायो र उसलाई रमेशले सबै बास्तबिकता सुनाईसकेको रहेछ ।

१५ दिनपछि हस्पिटलको बेडबाट रुम फर्किदा म निकै दुब्लो रहेछु अझै म अरुले बोलेको निकै बेर बुझ्न सक्ने स्थितिमा थिएनँ । सपनाको जिबनमा घटेको कहालिलाग्दो घटना सबै अफिसका साथिहरुले थाहा पाईसकेका रहेछन । मलाई हरेक दिन सान्त्वना दिन आईरहन्थे । रुममा पुगेको १० दिनपछि मात्रै मलाई एक्लो महसुुस हुन थाल्यो र म अफिस तिर जान थाले त्यहाँबाट पनि साथिहरु र चिअरमेनले आफ्नो घर लगेर जान्थे । दैनिक जसो फोन गरिरहने रमेशको केही अत्तोपत्तो थिएन घटना भएको १ महिना पुग्नै लाग्दा रमेशले नबिनको मोबाइलमा त्यो दिन कल गर्दा भनेको सबै बास्तबिकता सुनायो । म झन पागल जस्तै बन्न पुगेँ । काड‌ैकाडाले भरिएको मेरो निधारमा गुलाव पहिरिेने सपनाको कल्पना मैले मानसिक सन्तुलनबाट गुमाईदिएछु । मलाई निकै सम्हालिरहन्थ्यो नबिनले । जब म डाको छोडेर सपनाको नाम लिएर रुन्थे । म हर रात निदाउन खोज्थे तर भारत आउदा सपनाले बगाएका आशुुहरुको अतितले निन्द्रा देबिलाई रोकिदिन्थ्यो । निकै दिनपछि मोबाइल याद आयो मैले निकै बेर रुममा मोबाइल खोज्न थाले तर भेट्टाईन र मलाई लाग्यौं मेरो मोबाइल पनि सपनासंगै हराउन पुगेछ । बेलुका जब नवीन घरमा आयो तब थाहा भयो मेरो मोबाइल नबिनले बनाएर राखिदिएको रहेछ । आफू जता जान्थ्यो मेरा मोबाइल पनि सगै लिएर जाने रहेछ निकै दिनपछि मलाई सामान्य अवस्थामा देखेपछि मेरो मोबाइलमा घरबाट आमाले अनि रमेशले फोन गरेको खबर सुनायो र मोबाइल मेरो हातमा थमाईदियो । मैले रमेशलाई फोन गरेँ रमेश उतै सपनाको घरमा रहेछ र मलाई नेपाल नआउन भन्यो तर जुनसुकै अवस्थामा पनि म नेपाल गएर सपनाको अन्तिम स्थान हेर्न चाहान्थे र त्यो घटनाको बदला लिएर छाड्ने पक्षमा थिए तर नवीन र रमेशले मलाई असफल पारिदिए मलाई कुनै हालतमा नि नविनले घर जान दिएन । धेरैपछि फेसबुक खोलेर हेर्ने प्रयत्न गरेँ सपनाको कहालिलाग्दो तस्बिरहरु पठाएर रमेशले रगाईदिएको रहेछ । मैले ती तस्बिरहरुमा आँसु बाहेक केही अर्पण गर्न पाईन । फुलैफुलले सजाएर नौमति बजाएर आफ्नो मनमा राख्न चाहेकि मान्छेको तस्बिर सेतो खासाले बेरेर बाकसमा कसेको देख्न निकै कठिन भैदियो । तस्बिर हेरिरँहदा म बेहोस हुने डरले नबिनले दुई हातले छोपिरहन्थ्यो जब जब म मुर्छा हुन्थे नवीनले पानी दिने गर्थ्यो सायद त्यहि थियो सच्चा साथि । रमेशले पठाएका एकएक तस्बिर हेरिरहे त्यति नै नयन रोईरहे सबै तस्बिर नियाल्दा सपनाले कठोर निर्णय गर्नु अगाडि एउटा अडियो पनि रेकर्ड गरेकि रहेछिन त्यहि अडियो तिर मेरा रोईरहने नयन बिसाउन पुगे ।

“प्रिय छित्तिज मुटु भरिको माया अनि मन भरिको मीठो सम्झना ल ।

अपारदर्शी जिन्दगीको पारदर्शी यात्राको यो छोटो कहानीले सेतो कागजमा निलो मसिको लेप लगाउन्जेल म चाहाना र रहरहरुको यो दुनियाँबाट बिदा भैसकेकि छु र पनि तिम्रो त्यो मेरो याद र सम्झनामा निकै धेरै प्रतिक्षा गरेको ओठ चुम्न केही घन्टाकी यात्रि बनेर बाचिरहेकि छु । छित्तिज पापि दुनियाँ र दोशि नजरको सपुतले जिन्दगीको बाटो निकै दुरबस्ति अनि छित्तिजपारि मोडिने कल्पनाको सफरमा तैरिने यात्राको शुखद सुरुवात गर्दैछु । सायद यो छोटो माथिको लाईनले तिमि मेरो फोटोमा बेस्सरी आँसु बर्साउनेछौ तर बिन्ती छ रोयर मेरो फोटोमा दाग नलगाउनु है किनकि तिम्रै प्रिय नराम्ररी देखिने छे । मेरो यादले हरपल छट्पटी हुन्छ होला अनि त्यो जुनभित्र मलाई पाउन गगन चुम्बि महलको सयौं खुड्किला पार गर्दै छततिर लागौला तर यस्तो कस्ट न गरिदेउ ल । तिम्रा पाउ दुख्दा तिम्री प्रियको पाउ पनि दुख्ने छन् । समयको महङ्गो उपहारले तिमी यति धेरै छियाछिया हुनेछौ कि म कल्पनासम्म गर्न सक्तिन होला तर समाज बदल्न तिम्री प्रिय यो सब गर्न बाध्य बन्दै छे रगिन दुनियाँको काल्पनिक सोचले पनि काम गर्न कठिन हुने रहेछ प्रिय जहाँ तिमी फुल्ने मेरो दिलको ढोकामा काँडे तारको बारले जेल्दैछु माया प्रिती साईनोले बर्सौ पारगरे पनि बैँसालु मन स्पर्श र अंगालोबाट टाढा भएर होला काटेको घाउमा खुर्सानीको लेप लगाए जस्तो भैरहेको छ । तैपनि मनलाई वेदना र चोटहरुबाट समालेर दैनिक कार्य अगाडि बढाउन बढिरहेको छ । प्रिय तिमी सँग फोन एस एम एस को सहायताले मलाई तिम्रो नजिक पुराउने कार्य भैरहेको थियो तर खोइ त्यो पनि सम्भब भएन । म निकै सम्हालिन क‍ोशिश गरे तर यो दुनियाँमा म न त हजुर कि न अरु कसैकि बन्न लाएक कि रहेँ । सबै कुरा त मैले हजुरको लागि हिजो भनिसकेकि नै छु तैपनि हजुरको बिदेशयात्रा पछिको छोटो कहानी सुनाउदै छु । बिहेको लागि हजुर घर आउने थाहा पाएपछि यो पापि बस्तिमा तरङ्ग फैलियो जहाँ हजुरको रम्ने प्यारो काखमाथि गगनबाट चट्याङ बर्सिन थाले । कुप्रथा र कुरिति अनि पन्चायतका भुतहरु रहने त्यो बस्तिमा मलाई जबरजस्ती बिहे मेरो जात मिल्ने केटासंग गरिदिने कुरा चल्न थाल्यो । अनि समाजको बिरुद्ध म हजुरको नासो बचाउन हर सम्भव कोसिस गरे तर मैले सकिनँ । बसन्त मलाई र आमालाई ती राक्षसहरुले नानाथरी गरे । निकै पिटे अझै नि यो अडियो रेकर्ड गरुन्जेल मेरो शरिरका घाउहरु पोलिरहेका छन मेरो मोबाइल नि लुटेर लगे त्यसैले मैले हजुरलाई सम्पर्क गर्न पाईन । म ती राक्षसहरुको डरले केही दिन जङ्गल मै बसे हजुरको काखमा खेल्ने आशाहरुको अगाडि मेरो जङ्गलको बाँस सामान्य नै लाग्यौ । बसन्त जङ्गलको बाँस हुदा पनि ती राक्षसहरुले मलाई छोडेनन् । डिअर मेरो अस्मिता लुटे मलाई जे नगर्नु पर्ने थियो त्यहि गरे । त्यसैले म यो जुठो शरीर लिएर न हजुर न अरुको लागि जिउन चाहान्छु । वसन्त धेरै कुरा त मैले पत्रमा लेखेकि नै छु । सायदै कुनै दिन पाउने छौ होला । आशा र भरोसाको छोटो जिबनको कहानि यति लामो बनिसकेको छ कि अब न तिम्ले पाउने छौ न त अरुले नै र पनि जादा जादै एउटा वचन राख्दै छु नाई नभन्नु ल बसन्त मेरो भाई सानो छ उसको ख्याल गरिदिनु है हुन त मेरा परिवारको ख्याल गर्ने अधिकार तिमीमा छैन तर कुनै चिन्ता नगर म त्यो पनि प्रदान गरिदिन्छु म यो दुनियाँबाट निकै टाढा भैसक्दा त्यो समाज बदलिसकेको हुनेछ हिजो तल्लो र मल्लो जातको लागि तिम्री प्रिय सपनाको बलात्कार गर्ने समाजको आँखामा भोलि समानताको दियो बलिरहेको देख्ने छौ त्यसैले जसरी मैले हिजो तिमिलाई तिम्रो मात्रै बन्ने वचन दिएकि थिएँ त्यसमा त म हारेँ तर यो हारलाई शक्तिमा बदल्न मेरी बैनिको हात तिमिलाई अर्पण गर्दैछु बस यहि सपना मात्रै बाकि छ मसंग र आशा पनि छ मेरो यो सपना बसन्तले अधुरो राख्ने छैन । बसन्त मेरो घर चाडै फर्केर बहिनलाई लिएर जाउ ल । त्यहाँ तिमीलाई कसैको अवरोध हुनेछैन । बसन्त म निकै टाढा जानुछ त्यसैले तिमिलाई अन्तिम पटक यो छोटो सम्बोदन रिमाको मोबाइल मा रेकर्डिङ गर्दैछु । यो रेकर्डिङ तिम्रो कानको सपिपमा परुन्जेल सायद म निकै टाढा पुगिसकेकि हुनेछु एक थोपा आँसु नबगाउनु ल किन कि तिमी रुदा तिम्री सपना नि रोईदिनेछे । केहि पिर नलेउ है बसन्त! म हिजो जस्तै सपनामा तिमीसंग खेल्ने आईपुग्ने छु ल यो जुनिमा त तिम्रो प्यारो काखकि मालिक हुन हाम्रो जात बाधक बनिदियो तर अर्को जुनिमा म तिम्रै जात बनेर जन्म लिनेछु है अनि तिम्रो हात कसो समाउन नपाउला र । ल, बसन्त म छुट्टिनै लागे केही संकोच नमाने तिम्री सपना हिजो नि तिम्रो थिई, आज नि तिम्रो हो, र भोलि नि तिम्रै हुनेछे । तिमिले त सुनेकै छौ मर्ने कसैलाई रहर हुदैन तर नमरेको प्रहर हुदैन भागेर जाउ कुन ठाउँ जाउ मान्छे नमर्न सहर हुदैनँ ।”

उहीँ तिम्री हर सफरकि यात्रि

सपना ।

सपनाको अावाजमा रेकर्डिङ भएको उनको दुनियाँको अन्तिम पत्रसंगै मेरो जीवनको उल्टो काउन्ट डावन सुरु भएजस्तै लाग्न थाल्यो । मैले के गर्ने र कुन यात्रा अगाल्ने कुनै जवाफ पाउनै सकिनँ । सपनाको अावाजको रेकर्डिङले भिराईदिएको बाचा र आशालाई मैले कुनै हालतमा लत्याउन सक्ने स्थितिमा थिएनँ । किनकि हिजो कसम खाँदा सपनाको टाउकोमा हात राखेर कसम खाएको थिएँ । यदि म सपनाको त्यो पिडालाई लत्याउथेँ भने मेरो रोजाई मृत्युनै हुन्थ्यो । निकै सोचे र केही महिनापछि मात्रै म घर गएँ । घरमा आमाले अरुनै केटीको कुरा चलाउन थाल्नुभएको रहेछ । मैले आमालाई सपनाको बहिनिसंग मात्रै बिहे हुन्छ भनेपछि केहिदिन आमा पनि मसंग रिसाउनु भयो जब सपनाले आत्महत्या गर्न लाग्दा रेकर्डिङ गरिएको अडियो आमालाई सुनाए तब खै आमाको मन पग्लिएछ आमाले हुन्छ भनेपछि मैले उनिसग बिहे गर्दै सपनाको अन्तिम चाहाना पूरा गरिदिएँ । हुनत जतिमाया सपनाले दिन्थिन त्यो मायाको अभाव अझै हुन दिएकी छैनन् तर बैसालु मन र स्पर्शको तितो वास्तबिकताले मलाई झस्काई रहन्छ सपनाको छायाले बाटो छेकिरहन्छ । हुन त सपना यो दुनियाँमा अमर बनिसकेकि छिन सायद घाम बनेर दिनमा र जुन बनेर रातमा मलाई नियाल्छिन होला मलाई माफ गर सपना मैले तिम्रो माया पाउन त पाएँ तर उहीँ काख र उहीँ स्पर्श गुमाएँ । त्यसैले बाँसुरीको धुन पनि रुबाईरहन्छ अचेल । बिगत बिर्साउने रहरको परिबन्धले मलाई छोपेको त हैन तैपनि हिजो म चौतारीमा एक्लै बसेको बेला एक यात्रि गुन्नुनाउदै थियो : मृत्युको सैया नि बाडेर गई तर मलाई एक्लै छाडेर गई… खैे कहाँ खोजौ म अब आफ्नो पन त, ए सपना तिमी नै हौ मेरो आफन्त !

यो कथा अफलाइनमा पढ्नको लागि निःशुल्क ई-बुक डाउनलोड गर्नुहोस् :

Download eBook

2 COMMENTS

  1. यस्तो लाग्यो मानौँ कथाले मेरो ब्यथा बोलिरहेको छ । केवल पात्र फरक, स्थान र परिवेश फरक तर घटना उहीँ । मेरो आफ्नो पनि कथा उस्तै छ क्षितिज भाई, जनयुद्धको राक्षसहरुले खाए मेरो फूूल जस्तो उनीलाई…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here